+
+

जनताले अर्को जंगबहादुर खोजेका होइनन् : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १६:२८

६ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वको नाममा जनताले अर्को जंगबहादुर नखोजेको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले शासन होइन, जनता बलियो बनाउनुपर्ने बताए ।

शक्तिको केन्द्रीकरणबाट नै स्वेच्छाचारीताको जन्म हुने भन्दै उनले भने, ‘कसैलाई कार्यकारी पदमा पुग्नेबित्तिकै शक्तिको अधिक भोग जाग्छ ।’

एमाले अध्यक्ष ओलीतर्फ संकेत गर्दै उनले अगाडि भने, ‘स्वतन्त्र र स्वायत्त रुपमा चलेका संस्थालाई किन आफू मातहतमा ल्याइन्छ ? त्यसलाई कज्याउने रहर किन जाग्छ ? बुझ्नेलाई इशारा काफी छ ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै ओलीलाई शक्तिमा फर्काउन मद्दत गरेकोमा पुछताउने दिन आउन सक्नेतर्फ सचेत गराए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘यस्तो प्रवृत्तिलाई शक्तिमा फर्किन हौस्याउने साथीलाई भन्न चाहन्छु, भोलि पछुताउनु नपरोस् ।’

भूराजनीतिक संवेदनशीलता भएको र बहुलतायुक्त समाजमा निर्वाचित नै भए पनि एउटा व्यक्तिको स्वेच्छाचारीता सम्भव नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?