+
+

नेताहरूले देश चलाइदिनुस्, विचौलियाहरूले होइन : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १६:५७

६ साउन, काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आफूले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न नसकेको स्वीकार गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि बोल्ने क्रममा उनले आफू भन्दा अगाडिका अर्थमन्त्री डा. प्रकाशशरण महतले समेत धितोपत्र बोर्डका अध्यक्ष नियुक्त गर्न कोसिस गरेको बताए ।

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नलाई म भन्दा अगाडिको अर्थमन्त्रीले कोसिस गर्नुभयो । मैले पनि सकेन । अब नयाँ अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ’ पुनले भने ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको स्वीकार गदै देश राजनीतिक दलहरूले, राजनीतिक नेताहरूले चलाउनुपर्ने बताए । यसका सम्बन्धमा प्रधानमन्त्री ओलीबाट आफूले जवाफ चाहेको पनि पुनले बताए ।

‘म आम जनताको अगाडि राख्न चाहन्छु कि यो देश राजनीतिक दल, राजनीतिक नेताले चलाउने हो कि विचौलियाहरूले चलाउने हो ? यसको जवाफ छिट्टै प्रधानमन्त्रीले दिनुहुनेछ,’ पुनले भने ।

नेताहरू त्यागी रहेको उल्लेख गर्दै नेताहरूले नै देश चलाउने वातावरणका लागि समेत पुनले आग्रह गरे ।

‘मेरो अपेक्षा– नेताहरू त्याग गर्नुभएको छ, बलिदान गर्नुभएको छ, जेल पर्नुभएको छ, युद्ध सबैबाट आउनुभएको छ । नेताहरूले देश चलाइदिनुस् । पार्टीहरूले देश चलाइदिनु्स्, विचौलियाहरूले होइन,’ माओवादीका उपमहासचिव पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?