
प्रदेश प्रमुख अमिक शेरचन
६ साउन, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री दाबीका लागि २४ घण्टाको समय दिइएको छ ।
आइतबार साँझ प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
आइतबार साँझ निकालिएको पत्रमा सोमबार साँझ ६ः३० सम्मको समय दिइएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज मात्र राजीनाामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4