+

वुमन एसिया कप : पाकिस्तानसँग नेपालको हार

२०८१ साउन  ६ गते २२:०७ २०८१ साउन ६ गते २२:०७
वुमन एसिया कप : पाकिस्तानसँग नेपालको हार

६ साउन, काठमाडौं । वुमन एसिया कप क्रिकेटमा नेपाल, पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ ।

पहिलो खेलमा यूएईलाई हराएको नेपालले आइतबार पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको थियो । दाम्बुलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनायो । नेपालका लागि कविता जोशीले अविजित ३१ रन बनाइन् भने सीता राना मगरले २६ र पूजा महतोले २५ रन बनाइन् ।

१०९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले गुल फिरोजको अर्धशतकको मदतमा मात्र ११.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो ।

निकै आक्रामक सुरुवात गरेको पाकिस्ताको एक मात्र विकेट कविता जोशीले लिइन् । तर फिरोजा ५७ रनमा आउट हुँदा पाकिस्तानलाई जितका लागि मात्र चार रन चाहिएको थियो ।

पाकिस्तानलाई मनीबा अलीले तुबा हसनसँग मिलेर जित दिलाइन् । अली ४६ र हसन १ रनमा अविजित रहिन् । अब नेपालले पर्सि मंगलबार भारतसँग खेल्नेछ ।

समूह एमा भारत ४ अंकका सात शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको पाकिस्तान र तेस्रो स्थानमा रहेको नेपालको समान २–२ अंक छ । यूएई अंकविहीन छ ।

क्रिकेट नेपाली महिला क्रिकेट पाकिस्तान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय