
७ साउन, काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन-काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ ।
सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।
सडक सञ्चालनमा आएपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4