+

काभा यु-२० महिला भलिबल : नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्दै

२०८१ साउन  ७ गते ९:३५ २०८१ साउन ७ गते ९:३५
काभा यु-२० महिला भलिबल : नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्दै

७ साउन, काठमाडौं । माल्दिभ्समा जारी काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दैछ ।

लिग चरणमा दोस्रो भएको कीर्गिस्तान र तेस्रो भएको नेपालबीचको खेल आज राति नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ । यो खेलको विजेता फाइनल पुग्नेछ । त्यसअघि लिगमा पहिल‍ो भएको श्रीलंका र चोथै भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ ।

लिग चरणमा श्रीलंकाले सबै तीन खेल जित्दै शीर्ष स्थानमा रहेको थियो । कीर्गिस्तानले दुई तथा नेपालले एक खेल जित्दा माल्दिभ्स सबै तीन खेलमा पराजित भएको थियो ।

लिग चरणमा नेपाल कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएको थियो ।

आज नेपालसामु कीर्गिस्तानविरुद्ध लिग चरणमा बेहोरेको हारको बदला लिने अवसर छ ।

नेपाली टोली सेमिफाइनल खेललाई लिएर उत्साहित छ । आजको खेल जसरी पनि जित्दै फाइनल पुग्ने नेपालको लक्ष्य छ ।

काभा यु-२० महिला भलिबल महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय