
लोकप्रिय च्याटिङ प्लाटफर्म ह्वाट्सएपका कतिपय फिचरहरुका बारेमा हामीलाई थाहा नहुन सक्दछ ।
ह्वाटसएपले आफ्नो प्लाटफर्ममा लगातार नयाँ-नयाँ फिचर ल्याइरहेको हुन्छ । तर सबै प्रयोगकर्तालाई नयाँ अपडेटका बारेमा जानकारी नै हुँदैन ।
अधिकांश मानिसहरु केवल फोटो, भिडियो, अडियो तथा अन्य डकुमेन्ट आदान प्रदानका लागि कल गर्नका लागि मात्रै ह्वाट्सएपको प्रयोग गर्ने गर्दछन् । तर, ह्वाट्सएपमा एउटा यस्तो फिचर छ जसको मद्दतबाट तपाईंले आफैंले वा मोबाइल प्रयोगकर्ता अरु कुनै व्यक्तिले ह्वाट्सएपमा कोसँग धेरै कुराकानी गर्दोरहेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ।
ह्वाट्सएपमा सबैभन्दा धेरै कुरा कोसँग गरिएको छ भन्ने कुरा थाहा पाउनका लागि निम्न विधि अपनाउनुहोस् :
- सबैभन्दा पहिले मोबाइलमा ह्वाट्सएप खोल्नुहोस्
- स्क्रिनको माथि दायाँतर्फ रहेको तीनवटा थोप्लोयुक्त आइकनमा ट्याप गर्नुहोस्
- त्यसपछि सेटिङ्सको विकल्पमा जानुहोस्
- त्यहाँ तपाईंले storage and data खण्ड देख्नुहुनेछ, त्यसमा ट्याप गर्नुहोस्
- त्यसपछि manage storage अप्सन देखिनेछ, त्यो खोल्नुहोस्
- त्यहाँ स्क्रिनमा च्याटको एउटा पूरै सूची देखिनेछ
- उक्त सूचीमा जो व्यक्तिको नाम सबैभन्दा माथि हुनेछ, ह्वाट्सएपमा सोही व्यक्तिसँग सबैभन्दा धेरै च्याट भएको हुन्छ । अर्थात् सोही व्यक्तिसँग सबैभन्दा धेरै फोटो तथा भिडियो शेयर गरिएको हुन्छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4