+
+

लीला गिरी भन्छन्- एमाले संसदीय मूल्यमान्यता विपरीत गयो

यो संसदीय मूल्यमान्यताविपरीत छ । पार्टी विधि अनुसार भएको हो भन्ने मलाई लाग्दैन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १२:१९

७ साउन, काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेपछि दलका नेता लिला गिरीले असन्तुष्टि जनाएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले यो निर्णय संसदीय मूल्यमान्यता विपरीत भएको टिप्पणी गरे ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्नबाट अन्तिम समयमा रोकिएका एमाले संसदीय दल नेता लीला गिरीसँग अनलाइनखबरले छोटो संवाद गरेको छ । उनले पार्टी संसदीय मूल्य मान्यता विपरीत जाँदा इमान्दार कार्यकर्ता अन्यायमा परेको क्षोभ प्रकट गरे ।

तपाईं मुख्यमन्त्री बन्ने पक्कापक्की थियो, किन रोकिनुभयो ?

अब मैले के गर्ने, पार्टीले हस्तक्षेप गर्‍यो । मैले अवसर पाइनँ ।

पार्टी भनेको तपाईंहरु नै होइन र ? तपाईं संसदीय दलको नेता ।

होइन, केन्द्रले हस्तक्षेप गर्‍यो । मैले यसबारे माथिल्लो तहमा भनिसकेको छु ।

केन्द्रमा कसले हस्तक्षेप गर्‍यो ?

मैले अध्यक्ष कमरेडलाई फोनमा भनिसकेको छु । उहाँले यसपालि यस्तै भयो भन्नुभयो ।

तपाईंलाई किन मुख्यमन्त्री बन्न दिइएन होला ?

अब पालो पुर्‍याउन भनिएको छ । खास के भएको हो भन्ने त उहाँहरुले जान्ने कुरा हो ।

अब के गर्नुहुन्छ ?

अब मैले के गर्ने भन्दा पनि पार्टीले आफ्नो प्रक्रियाअनुसार मुख्यमन्त्री छान्छ । तर यो संसदीय मूल्यमान्यताविपरीत छ । पार्टी विधि अनुसार भएको हो भन्ने मलाई लाग्दैन । म के भएँ, के भइनँ भन्दा पनि यस्तो किसिमको प्रवृत्तिले इमानदार कार्यकर्तालाई खटेर काम गर्न उत्प्रेरित गर्दैन । प्रणाली बिगार्न किन नेताहरु लाग्नुभयो होला, मैले बुझेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?