+
+

हरिवंशको स्वास्थ्य अवस्था सामान्य, भोलि डिस्चार्ज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १३:२१
फाइल तस्वीर

काठमाडौं । अभिनेता हरिवंश आचार्यले आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे शुभचिन्तकहरुलाई जानकारी दिएका छन् । सामाजिक सञ्जाल मार्फत उनले आफूले यतिबेला सामान्य अवस्थामा स्वास्थ्य लाभ गरिरहेको जनाएका छन् ।

नाकभित्रको सानो नसा फुटेको र त्यसलाई टाल्ने काम भइसकेको उनले बताएका छन् । हरिवंशले उपचारमा सघाउने विराट नर्सिङ होम परिवार र डाक्टर राजीव शाहको चिकित्सक टोलीलाई धन्यवाद दिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीप्रति पनि उनले आभार व्यक्त गरेका छन् ।

हिमगिरी प्रालि उद्योगको व्यावसायिक दूत बन्ने सम्झौतामा हस्ताक्षर गर्न मदनकृष्ण श्रेष्ठसहित हरिवंश विराटनगर पुगेका थिए । नाकबाट अचानक रगत आएपछि उनको सामान्य शल्यक्रिया पनि गरिएको थियो ।

हरिवंश भोलि मंगलबार डिस्चार्ज हुने छोरा मोहितले जानकारी दिए । अहिले अस्पतालमा पत्नी रमिलाले हरिवंशको रेखदेख गरिरहेकी छिन् भने अन्य सहयोगी पनि साथमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?