+
+

दलीय आस्थाका आधारमा संसदका कर्मचारी हटाएको भन्दै विरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १३:५०

७ साउन, काठमाडौ । सांसदहरुले संघीय संसद सचिवालयमा करारका कर्मचारी राख्दा दलीय आस्था हेरिएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले संसदमा कार्यरत ५० भन्दा बढी करार र ज्यालादारी कर्मचारीले पदमुक्त गरेको पुर्जी पाएको बताइन् ।

‘ती ५० जना कर्मचारीहरु जो दश वर्षदेखि, पाँच वर्षदेखि हामीलाई सहयोगीको रुपमा काम गरिराखेका थिए’, उनले भनिन् । यसरी ५० जना कर्मचारीको रोजीरोटी खोसिएको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गरिन् ।

करार र ज्यालादारीका कर्मचारी हटाएर फेरि करार र ज्यालादारीमै कर्मचारी राखिएको भन्दै उनले प्रश्न गरिन्, ‘…के आफ्नो कर्मचारीको भर्ती केन्द्र बनाउन खोजेको हो ? यो सरकारले आउनेवित्तिकै यस्तो खालको कामहरु गरेपछि कसरी सुशासन हुन्छ ? कसरी कर्मचारीलाई राहत हुन्छ ? कसरी सहयोगीहरुको संरक्षण हुन्छ ?’

जागिर खोसिएकाहरुलाई पुनर्स्थापना गर्न उनको माग छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले पनि संसदमा कार्यरत करार र ज्यालादारीका कर्मचारीलाई हटाइएको विषयमा आपत्ति जनाए । सत्ता समीकरण पश्चात कर्मचारी प्रशासनमाथि हस्तक्षेप हुने गरेको उनले बताए ।

‘संसदीय प्रणालीमा हामीलाई सघाउने ति करारका कर्मचारीहरुलाई किन त्यस्ते असभ्य व्यवहार गरिएको छ ? म शहरी विकास मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । संसद सचिवालयमा रहेका करारका कर्मचारीहरुको जायज मागलाई सम्बोधन गरियोस्’ सांसद ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?