+
+

होटल सांग्रिलाका सञ्चालक श्यामबहादुर पाण्डेको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १४:०८

७ साउन, काठमाडौं । लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ ।

पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो । केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए ।

होटल उद्योगका ‘लिजेन्ड’ पाण्डेले ६ दशकभन्दा बढी अवधि सक्रिय हिसाबले काम गरेका थिए । पाण्डेले चार दशकअघि होटल सांग्रिला स्थापना गरेको थिए ।

पारिवारिक स्रोतका अनुसार पाण्डेको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन दिउँसो २ बजेसम्म उनको घरमा राखिने छ । त्यसपछि दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

पाण्डेका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?