+
+

एक महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १४:०३

७ साउन, गुल्मी । वर्षायाममा मौसम प्रतिकुल भएको भन्दै गुल्मी जिल्लाको रेसुंगा विमानस्थलमा झण्डै एक महिनायता उडान अवरुद्ध हुँदै आएको छ ।

हप्ताको ३ पटक उडान सञ्चालन हुँदै आएको विमानस्थलमा गत असार १४ गतेपछि मौसमको कारण देखाएर उडान स्थगित भएको हो ।

काठमाडौंबाट गुल्मीका लागि बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको थियो । तर उडान गर्ने बिहानीको समयमा विमानस्थलमा बादल लाग्ने हुँदा समस्या परेको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए ।

रेसुङ्गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने प्राविधिकको निष्कर्ष छ । दिउँसोको समयमा हावा चल्ने भएकाले उडान गर्न समस्या छ ।

नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज उडान गर्दै आएको छ । यात्रुको अत्याधिक चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको थियो ।

तर पछिल्लो केही समयदेखि शुक्रबार मात्रै उडान भइरहेको स्टेशन प्रमुख थापाले बताए । हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तर्राष्ट्रिय पर्यटन भित्रिन थालेका छन् ।

गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र रुरुक्षेत्र घुम्न जान थालेका हुन् । गुल्मीमा हाल फ्रान्स, बेल्जियस र स्पेनबाट पर्यटकहरु घुम्नको लागि आइरहेका छन् ।

अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ ।

जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गतवर्षको वैशाख २९ गतेबाट व्यवसायिक उडान सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?