+
+

ओली नेतृत्वको सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १४:०५

७ साउन, काठमाडौ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमतसहितको समर्थन पाएको बताए । तथापि, चुनौतीहरु आउन सक्ने बताए । चुनौतीहरुलाई चिरेर अगाडि बढ्न नेतृत्व सक्षम हुने उनले बताए ।

‘….यो सरकारलाई असफल हुने छुट छैन । त्यसकारणले सफल हुने गरी यो सरकार अगाडि बढ्नेछ । देशबासीले यही अपेक्षा गरेको छ’ बर्तौलाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?