+
+

दलितको अधिकार हेर्दा ऐना, छाम्दा छैन : सांसद बराली

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १४:१२

७ साउन, काठमाडौ। नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले शीर्ष राजनीतिक नेतृत्वमा सामन्तवादको अवशेष कायमै रहेको आरोप लगाएका छन् । यही अवशेशका कारण दलितले पाएको अधिकार समेत उपभोग गर्न नपाइरहेको उनको टिप्पणी छ ।

‘दलितको अधिकार भनेको हेर्दा ऐना, छाम्दा छैन’ सोमबार प्रतिनिधि सभाको शूनय समयमा बोल्दै सांसद बरालीले भने ।

‘दलितको अधिकार भनेको हेर्दा ऐना, छाम्दा छैन’ भन्ने कथन हरेक निकायमा समानुपातिक समावेशिताको अधिकार कार्यान्वयन गर्ने बेलामा पुष्ट हुने गरेको उनले बताए ।

‘हालै मन्त्रिपरिषदमा एक जना दलित पनि नहुनुले पनि यसको पुष्टि गर्छ’ उनले भने ।

यसको प्रमुख कारण ‘शीर्ष नेताहरुमा आफूले थाहा नपाउने गरी गढेर बसेको सामन्तवादको अवशेश’ रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?