+
+

पूर्वराज्य मन्त्री हत्या प्रकरण : बाँसको झाङमा भेटियो हतियार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १६:०३

७ साउन, काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा प्रयोग भएको हतियार भेटिएको छ । रायको चन्द्रपुर गाउँपालिका–१ स्थित घरबाट उत्तरपश्चिम तर्फको करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा हतियार भेटिएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी दीपक श्रेष्ठले हत्यामा प्रयोग भएको हतियार भेटिएको बताए । उनका अनुसार घरेलु हतियार फरसा भेटिएको छ । रगतले लत्पतिएको अवस्थामा बाँसको झाङमा हतियार भेटिएकाले रायको हत्यामा उक्त हतियार प्रयोग भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए । हत्या भएको आइतबार राति उनको घरमा तीन जनाको समूह जग्गाको विवाद मिलाइदिन भन्दै आइपुगेको समेत पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेका छन् । रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?