+
+

नेपाली पर्वतारोहीबारेको फिल्म ‘माउन्टेन क्वीन’ अर्को साता नेटफ्लिक्समा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १६:१६

काठमाडौं । नेपाली महिला पर्वतारोही लाक्पा शेर्पाबारेको फिल्म ‘माउण्टेन क्वीन : द समिट्स अफ लाक्पा शेर्पा’ साउन १६ गते नेटफ्लिक्समा रिलिज हुने भएको छ ।

नेटफ्लिक्सले सोमबार यो डकुमेन्ट्रीको रिलिज मिति घोषणा गरेको हो । फिल्मले लाक्पाको दशौं पटकको सगरमाथा आरोहणको यात्रालाई पछ्याउँछ । साथै, हिमालभन्दा पर उनको निजी जीवनबारे पनि चित्रण गर्छ ।

फिल्मले उनका पूर्वपति तथा रोमानियाली पर्वतारोही गेओर्गे डिजमारेस्कुसँगको हिंसापूर्ण सम्बन्धबारे पनि अन्वेषण गर्छ । यो फिल्मलाई ओस्कार मनोनित लुसी वाकरले निर्देशन गरेकी हुन्, जसको फिल्म ‘ब्लाइन्डसाइट’ले उत्तरी मोहडाबाट सगरमाथा आरोहण गर्ने ६ जना दृष्टिविहीन तिब्बती किशोरीलाई वर्णन गरेको थियो ।

तपाईं किन मूलधारका दर्शकलाई लाक्पा शेर्पाको कथा सुनाउन प्रतिबद्ध हुनुहुन्छ ?

जवाफमा निर्देशक वाकरले भनिन्, ‘म सधैं कथाहरू खोज्छु, जहाँ म तिनलाई भन्नको लागि सही व्यक्ति हुँ । मैले ब्लाइन्डसाइटपछि अर्को एभरेस्ट फिल्म बनाउने अपेक्षा गरेकी थिइनँ, तर मलाई त्यो अनुभवपछि पहाडलाई कसरी छायांकन गर्ने राम्रोसँग थाहा छ । म सधैं चरित्रले पछ्याउने वृत्तचित्रको खोजीमा हुन्छु ।’

‘यो फिल्मको एउटा मार्गदर्शक सिद्धान्त भनेको आरोहणको अर्थ के हो भन्नेबारे विस्तृत दृष्टिकोण लिनु थियो,’ वाकरले भनिन् । उनका अघिल्ला फिल्ममा ‘द क्र्यास रिल’ र ‘वेस्ट ल्याण्ड’ छन् ।

वाकरले नेटफ्लिक्ससँग भनिन्, ‘पहाडी रूपकहरु हाम्रो दृश्यकथाको अंश बनेका थिए । शाब्दिक पहाड मात्र होइन, तर भावनात्मक पहाड, मन र हृदयका पहाडहरू ।’

नेटफ्लिक्सले यसअघि नेपालीमूलका बेलायती पर्वतारोही निर्मल पूर्जाको डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ रिलिज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?