+
+

विपद व्यवस्थापनको गुरुयोजना बनाउन माग गर्दै सांसद कार्कीले पेश गरिन् जरुरी महत्वको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १६:३३

७ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विपद व्यवस्थापनको बृहत गुरुयोजना बनाउन र स्वास्थ्य जोखिमको पूर्वतयारीको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेकी छन् ।

विपद रोकथाम, विपद जोखिम न्युनिकरणका साथै विपदपछिको पुनर्स्थापना तथा व्यवस्थापनसँग सम्बन्धित बृहत गुरुयोजना बनाउनका साथै मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको पूर्वतयारी गर्न उनले माग गरेकी छन् ।

त्यस्तै विपद व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति, र्‍यापिड रेस्क्यु टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी नागरिकलाई सुसूचित गर्न आवश्यक रहेकाले यो प्रस्ताव पेश गरेको सांसद कार्कीले बताएकी छन् ।

उनको प्रस्तावको समर्थकमा रास्वपा सांसदहरु सन्तोष परियार, गणेश पराजुली र असिम शाह रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?