+
+

सुशील श्रेष्ठ स्टारर ‘आउट ल’को एक्सनप्रधान टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १७:३१

काठमाडौं । सुशील श्रेष्ठ स्टारर ‘आउट ल : दफा २१९’ को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुबारे धेरै कुराको खुलासा गर्छ ।

‘मस्ट वान्टेड’ घोषित कैदी जेलबाट फरार भएपछि त्यसमा खोजीमा निस्किएको प्रहरीको सर्च अप्रेसनको कथा यसमा छ । फिल्मको शीर्ष भूमिकामा ‘होस्टेल रिटर्न्स’ डेब्यु अभिनेता श्रेष्ठले अभिनय गरेका छन् ।

एंग्री योङ म्यान अवतारमा देखिएका सुशीललाई फिल्ममा पूर्णतः एक्सन अवतारमा प्रस्तुत गरिएको छ । चार वर्षपछि सुशीलको पुनरागमन दमदार हुने देखिएको छ । तपाईंलाई एक्सन फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

सुशील पछिल्लोपटक ‘लभ डायरिज’मा देखिएका थिए । बादशाह जुट, सायद २, कारखाना र होस्टेल रिन्टर्स उनका अघिल्ला फिल्म हुन् ।

‘आउट ल’को टिजर हेर्दा एक्सन कोरियोग्राफीमा मेहनत गरेको देखिन्छ । फिल्मलाई स्टाइलिस बनाउन प्रयत्न गरिएको छ । विक्की महर्जनको पटकथा र निर्देशनमा बनेको यो फिल्ममा नरेश पौड्याल प्रहरी अधिकारीको रोलमा छन् ।

शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारको अभिनय पनि यसमा छ । विक्की महर्जनको लेखन तथा निर्देशन रहेको यो फिल्ममा अमित अग्रहरी निर्माता छन् ।

फिल्ममा नवीन गुरुङको छायांकन, चुल्ठे काजीको एक्सन कोरियोग्राफी र साहिल खानको सम्पादन छ । संविधान दिवसको दिन रिलिज हुने यो फिल्मले उठाएको कथावस्तु दर्शकका लागि पनि विशेष हुने यसको निर्माणपक्षको दाबी छ ।

‘आउट ल : दफा २१९’ को प्रदर्शन असोज ३ गते हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?