+
+

विपद्‌बारे मुख्यमन्त्री कँडेलले गरे सुरक्षा निकायसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १९:२६

७ साउन, सुर्खेत । प्राकृतिक विपद्का विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

वर्षात्‌को कारण विपद्का घटना बढ्न थालेपछि मुख्यमन्त्री कँडेलले जिल्लाको वस्तुस्थितिबारे जानकारी लिन छलफल गरेका हुन् ।

१० वटै जिल्लाका सुरक्षा निकायका प्रतिनिधिहरूसँग छलफल गरेका मुख्यमन्त्री कँडेलले विपद् न्यूनीकरणमा प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने कामको बारेमा आवश्यक परामर्श समेत लिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै उनले विपद् जोखिमको हिसाबले कर्णाली सबैभन्दा बढी जोखिमयुक्त प्रदेश भएकाले विपद् न्यूनीकरणमा सबैभन्दा धेरै मिहिनेत र लगानी गर्नुपर्ने बताए । भौगोलिक विकटता र स्रोतसाधनको अभावका कारण पनि जिल्ला तहका सुरक्षा निकायहरूले उत्कृष्ट कार्य गरिरहेको भन्दै उनले प्रशंसा समेत गरेका छन् ।

तीन तहका सरकारका आफ्नै सीमा र दायित्व भए पनि विपद्का घटनाका कारण त्यसले तल्लो तह प्रभावित हुने भएकोले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बढी परिचालन गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।

उनले अब विकासको मोडेलको बारेमा प्रमुख जिल्ला अधिकारीहरूले सरोकारवालाबीच छलफल चलाउनुपर्ने धारणा राखे । ‘जिल्लामा कस्तो खालको विकासको मोडेल आवश्यकता हो ? तपाईंहरूले पनि आफ्नो मातहतका कार्यालयसँग छलफल चलाउन आवश्यकता ठानेको छु,’ मुख्यमन्त्री कँडेलले प्रजिअहरूसँग कुरा गर्दै भने ।

मुख्यमन्त्री कँडेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका धेरै जसो लाभग्राहीले अझै पनि दोस्रो किस्ताको रकम पाउन नसकेको विषयप्रति चिन्ता व्यक्त गर्दे त्यसतर्फ आफ्नो ध्यान जाने बताए ।

उनले प्रदेश सरकारले विपद् व्यवस्थापनका विषयमा आफ्नो तर्फबाट समन्वय गरिरहेको र सरकारको तर्फबाट दायित्व बहन गर्नुपर्ने विषयमा आफ्ना संरचनालाई तयारी अवस्थामा रहन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?