+
+

सर्वोच्च परिसरमा प्रहरीमाथि हातपात, एक महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १९:४६

७ साउन, काठमाडौं । सर्वोच्च अदालत परिसरमा एक महिला प्रहरीमाथि हातपात भएको छ । हातपातको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकी महिलालाई प्रहरी वृत्त सिंहदरबारमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

घटना सोमबार दिउँसो २:२० बजेको हो । सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानाङ्गसँग छत्रप्रसाद लुईंटेलको रिट निवेदन फैसलाको नक्कल कपी लिने विषयमा चौधरी र प्रधानाङ्गबीच भनाभन भएको थियो ।

त्यसपछि सुरक्षाकर्मी बोलाएपछि एक महिला प्रहरी बेन्च सहायक प्रधानाङ्गको कक्षमा पुगेकी थिइन् । सोही क्रममा चौधरीले ती महिला प्रहरी कर्मचारीमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?