+

युएईका नेपाली खेलाडी विश्व तेक्वान्दो प्रतियोगितामा सहभागी हुन कोरिया प्रस्थान

२०८१ साउन  ७ गते २०:३० २०८१ साउन ७ गते २०:३०
युएईका नेपाली खेलाडी विश्व तेक्वान्दो प्रतियोगितामा सहभागी हुन कोरिया प्रस्थान

७ साउन, काठमाडौं। दक्षिण कोरियामा हुन लागेको विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुने नेपाली खेलाडीहरुलाई युएईका नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बिदाइ गरेका छन्।

आबुधाबीस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा राजदूत क्षेत्रीले खेलाडीहरुलाई सफलताको शुभकामना दिए।

कोरियाको मुंग्योङ सिटीमा जुलाई २६ देखि ३० सम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली भोलि मंगलबार प्रस्थान गर्दैछ। टोलीमा सबिन पाण्डे, हरिकृष्ण विष्ट र शान्ति भण्डारी सहभागी छन्। युएईका पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री तथा प्रशिक्षक जगन अधिकारीले टोलीको नेतृत्व गर्दैछन्।

बिदाइ कार्यक्रममा राजदुत क्षेत्रीले भने, वैदेशिक रोजगारीको सिलसिलामा आफ्नो देश छोडेर आएर पनि खेलकुदलाई निरन्तरता दिएको देख्दा खुशी लागेको छ। खेलको माध्यमबाट नेपालको नाम विश्वसामु चिनाउन मद्दत गर्ने कुरामा विश्वस्त छौं।’

कोरियन प्रशिक्षक नाम्हो क्वानले नेपाली खेलाडीहरुको तयारीबारे राजदूतलाई जानकारी गराउँदै भने, ‘नेपाली खेलाडीहरु एकदम मिहिनेती छन्। आगामी दिनहरुमा पनि राजदूतावासले यस्तै साथ र सहयोग गरेमा उनीहरुलाई अझै राम्रो गर्न हौसला मिल्नेछ।’ सबै खेलाडीहरु युएईमा कार्यरत छन् ।

युएइ विश्व तेक्वान्दो प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय