+
+

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक

निफ्राको संस्थापक सेयर खरिद गर्न सर्वसाधारण तथा संघसंस्थाले बोलपत्र आवेदन दिन सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते ९:३६

८ साउन, काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ ।

सो सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले साउन १५ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामाफर्त जनाएको छ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ । न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ ।

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार निफ्राको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ १६ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ७ पैसा छ । दोस्रो बजारबाट अन्तिम पटक यस बैंकको संस्थापक सेयर प्रतिकित्ता १११ रुपैयाँमा कारोबार भएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?