+

एसिया कपमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

२०८१ साउन  ८ गते ११:३१ २०८१ साउन ८ गते ११:३१
एसिया कपमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

८ साउन, काठमाडौं ।  एसीसी वुमन्स एसिया कप-२०२४ अन्तर्गत आज नेपालले उपाधि दाबेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालको समूह चरणअन्तर्गत यो अन्तिम खेल हो । यसअघि नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो भने पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

सेमिफाइनलमा पुग्नको लागि आज नेपालले जित्नै पर्ने हुन्छ । आज नै पाकिस्तानले पनि यूएईसँग समूह चरणको अन्तिम खेल खेल्दैछ । यी दुई खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

पाकिस्तानले यूएईलाई पराजित गरेमा नेपालले भारतलाई हराउनै पर्ने हुन्छ । पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भए पनि पाकिस्तानसँग रनरेटको हिसाब हुनेछ ।

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ ।

एसिया कप एसीसी वुमन्स एसिया कप : नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय