
८ साउन, रौतहट । रौतहटको गरुडामा एक पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका-५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।
खोलामा शव तैरिरहेको अवश्थामा स्थानीयले देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
सशस्त्र प्रहरीको सुरक्षा बेस दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उक्त शवलाई खोलाबाट बाहिर निकालेको छ ।
मृतकको पहिचान हुन सकेको छैन ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4