+
+

मोदीको तेस्रो कार्यकालको पहिलो बजेट : नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १३:४३

८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ । वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२४/२५ को बजेट सार्वजनिक गरेकी हुन् ।

भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ । नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो ।

यस बजेटमा नेपालले पाउने अनुदान गत फेब्रुअरीमा तोकिएकै हाराहारी अर्थात ७ अर्ब भारु (नेरु ११ अर्ब २० करोड) रुपैयाँ राखिएको छ ।

वित्त वर्ष २०२३/२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो ।

वित्त वर्ष २०२२/२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको हो ।

भारतले आफ्नो बजेटबाट सबैभन्दा धेरै वैदेशिक सहायता भुटानलाई दिँदै आएको छ । भुटानले वित्त वर्ष २०२४/२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड भारु पाउने छ ।

भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ । जसमा नेपाल, भुटानसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्छ । धेरै अनुदान पाउनेमा भुटान र नेपाल नै अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?