+
+

घूसबारे पूर्वमन्त्रीको अभिव्यक्तिमाथि सभामुखसँग रुलिङ माग

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १३:३३

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोको भनाइमा रुलिङको माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको आकस्मिक समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेसँग यस विषयमा रुलिङका लागि आग्रह गरे । ‘तत्काल सम्बन्धित मन्त्रीलाई

गृहमन्त्री र प्रधानमन्त्रीउपर रुलिङ गर्नका लागि र आगामी तीन दिनभित्र जानकारी गराउन अनुरोध गर्दछु’ उनले भने ।

यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको बताएका थिए ।

यस्तो विषयमा संसदमा प्रस्तुत भएपछि सभामुखले नै रुलिङ गर्ने अपेक्षा गरेको तर त्यो रुलिङ नभएपछि आफूले रुलिङको माग गर्नुपरेको उनले बताए ।

‘५ हजारका कुरा के हो ? यो भ्रष्टाचार हो कि होइन ? यसलाई नजरअन्दाज गर्न मिल्दैन,’ सांसद केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?