+
+

कांग्रेस सचेतकको गुनासो : मन्त्रिपरिषद्‌मा ३३ प्रतिशत महिला कहिल्यै देख्न नपाइने भयो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १४:३८

८ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले पुरुष निर्णय गर्ने ठाउँमा हाबी हुँदा महिलाहरूले कार्यकारी भूमिका पाउन नसकेको टिप्पणी गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘…३३ प्रतिशत महिना मन्त्रिपरिषद्मा कहिल्यै देख्न नपाइने भयो । सायद पुरुषहरू नै प्रमुखमा भएर होला । महिलाहरू मन्त्रीमा सिफारिस भएनन्,’ उनले भनिन् ।

आफैँलाई एक उदाहरणको पात्रको रुपमा प्रस्तुत गर्दै उनले भनिन्, ‘म कानुनमा स्नातक गरेको, समाजशास्त्रमा स्नातकोत्तर गरेको छु । तर कहिल्यै योग्य हुन सकिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?