+
+

भारतमा सेयर बजारले उचाइ लिएका बेला सरकारले बढाइदियो लाभकर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १४:४३

८ साउन, काठमाडौं । भारतीय सेयर बजारले उचाइ लिएकै बेला सरकारले पूँजीगत लाभकर बढाइदिएको छ । आम बजेटमार्फत सरकारले १ वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेका लागि पूँजीगत लाभकर २० प्रतिशत पुर्‍याइदिएको छ ।

यसअघि यस्तो कर १५ प्रतिशत मात्रै थियो । त्यस्तै १ वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गर्नेका लागि पूँजीगत लाभकर १२.५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो कर १० प्रतिशत थियो ।

बजेटपछि भारतीय सेयर बजार (बीएसई सेन्सेक्स) ले केही समय ठूलै गिरावट देखिए पनि अन्तिमतिर सम्हालिएको छ । बीएसई सेन्सेक्स २ : ४० बजेसम्म ८०३६० अंकमा छ । जुन अघिल्लो दिनको तुलनामा ०.१७ प्रतिशत कमी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?