+
+

पूर्वराज्यमन्त्री रायको हत्याबारे सुक्ष्म अनुसन्धान भइरहेको छ : गृहमन्त्री लेखक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १४:५४

८ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपलिका–१ मा सोमबार भएको रायको हत्याबारे प्रतिनिधिसभामा प्रश्न उठेपछि मंगलबार गृहमन्त्री लेखकले जवाफ दिएका थिए । उनले घटना हुनुअघि घरमा आएका तीन जना शंकास्पद व्यक्तिहरुको खोजी भइरहेको बताए ।

‘उहाँको टाउकोको बायाँ पट्टीको भागमा धारिलो हतियार प्रहार भएको छ’, उनले भने, ‘घरमा काम गर्ने सर्लाहीका २१ वर्षीय रामउजैन रायलाई घटनाबारे सोध्दा तत्काल परिचय नखुलेको ४०/४५ उमेरका तीन जना व्यक्तिहरु आएको र जग्गाको कुरा कहिले मिलाइदिने भनेको भनेका छन् ।’

त्यसपछि रामचन्द्रले आफूलाई ‘सुत्न जा’ भनेको उनले प्रहरीसँग बताएका छन् । ती व्यक्तिहरु राति १ बजेतिर आएको गृहमन्त्री लेखकले भनेका छन् । रामउजैनले आफू राति शौचालय जान फर्किएर आउँदा पूर्वराज्यमन्त्री रायलाई मृत अवस्थामा देखेको भनेका छन् ।

‘उनलाई आवश्यक अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा राखिएको छ’, उनले भने, ‘तीन जना फरारको खोजतलास जारी छ ।’ घटनास्थलदेखि करिब २०/२५ मिटरको दूरिमा रहेको बाँसको झ्यांगमा हत्यामा प्रयोग भएको हतियार पनि फेला परेको लेखकले भनेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट पनि यसबारे विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?