
८ साउन, काठमाडौं। चोरी आरोपमा प्रहरी वृत्त स्वयम्भूले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौंको तारकेश्वर नगरपालिका–७ टोखा घर भएका १९ वर्षीय अभय नेपाली, ओखलढुंगाको लिखु गाउँपालिका-७ घर भएका २४ वर्षीय निरज खड्का र काभ्रेको मंगलटार घर भएका २० वर्षीय सुरेन्द्र तामाङ छन् ।
उनीहरुले सोमबार काठमाडौंको चमतीस्थित मिलन लम्सालको कोठाको ताला फोडेर सुनका गरगहना चोरी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
उनीहरुबाट प्रहरीले फलामको रड, सुनको बाला, सुनको झुम्का, औठी, मंगलसुत्र, एचपीको ल्यापटप, मोबाइल, घडी र नगद २२ हजार ७ सय रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई चोरीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4