+
+

गाउँपालिका महासंघ प्रतिनिधिले भेटे अर्थमन्त्री, कटौती अनुदान निकासा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १७:०७

८ साउन, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रतिनिधि टोलीले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेको छ ।

अर्थमन्त्री पौडेलसँग मंगलबार भएको भेटमा गाउँपालिका महासंघले कटौती भएको समानीकरण अनुदान निकासा गरिदिन माग गरेको हो ।

महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेको नेतृत्व पदाधिकारी टोली अर्थमन्त्री पौडेललाई भेट्न मन्त्रालय पुगेको थियो ।

अर्थमन्त्री पौडेलसँगको भेटमा गत आवमा कटौती भएको ७ प्रतिशत समानीकरण अनुदान चालु आवमा थप गरी निकासा गर्नुपर्ने माग गरिएको महासंघले जनाएको छ । साथै विनियोजन भइसकेको समानीकरण अनुदान कटौती गर्न नहुने माग महासंघको छ ।

यस्तै महासंघले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ लाई दिएका सुझावहरू समावेश गरेर संशोधन विधेयक तयार गर्न,  अर्थमन्त्रीको अध्यक्षतामा अन्तरसरकारी वित्त परिषद्‍मा स्थानीय तहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?