+
+

पर्यटन बोर्ड कोमाको स्थितिमा पुगेको छ : शिशिर खनाल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १७:१७

८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड कोमाको स्थितिमा पुगेको बताएका छन् ।

यस वर्ष नेपाल सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै उनले भने, ‘तर नेपालको पर्यटन प्रवर्द्धन गर्न गर्ने उद्देश्यले स्थापना गरेको नेपालको पर्यटन बोर्ड भने कोमाको स्थितिमा पुगेको छ ।’

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले अर्बौं सम्पत्ति भएको पर्यटन बोर्डले आफ्नो आम्दानीको २० प्रतिशत पनि खर्च गर्न नसकेको बताए ।

विश्वस्तरीय पर्यटन मेलाहरुमा सहभागी हुनको लागि नेपालको खरिद ऐन नै बाधक रहेको पर्यटन व्यवसायीहरुको गुनासो रहेको पनि सुनाए ।

‘नेपालको अर्थतन्त्रको आधारशिलाको रूपमा रहेको पर्यटन क्षेत्र चलायमान गराउनका लागि सम्बन्धित मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?