+
+

प्रिमियरमा ‘डेडपुल एण्ड वुल्भरिन’लाई प्रतिक्रिया : ‘एमसीयूकै उत्कृष्ट फिल्म’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १७:२०

काठमाडौं । मार्वल सिनेम्याटिक युनिभर्सको बहुप्रतीक्षित फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’को वर्ल्ड प्रिमियर सोमबार अमेरिकाको न्युयोर्कमा गरिएको छ । हलमा रिलिज भइनसकेको फिल्म हेर्न कास्ट, सेलिब्रेटी र मिडियालाई न्युयोर्कको डेभिड एच कोच हलमा निम्तो गरिएको थियो ।

प्रिमियरपछि मिडियामा शान लेवी निर्देशित फिल्मको प्रतिक्रियाको आँधी आएको छ । फ्यानले यसलाई एमसीयूको अहिलेसम्मकै उत्कृष्ट फिल्म भएको प्रतिक्रिया दिएका छन् ।

यो फिल्म मार्वल स्टुडियोको पहिलो आर–रेटेड फिल्म हो । हलिउड रिपोर्टर म्यागजिनका अनुसार यसले विश्व बक्स अफिसमा १६५ मिलियन डलरको ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

क्रिटिक्सको रिभ्यु आउनुअघि नै दर्शकले सामाजिक सञ्जाल एक्समा फिल्मबारे प्रतिक्रिया दिइरहेका छन् । यसको अघिल्लो भाग हल र बक्स अफिसमा असफल भएको बेला यो फिल्मले चाहिं एमसीयूलाई जोगाउने अपेक्षा गरिएको छ ।

न्युयोर्कमा भएको फिल्मको वर्ल्ड प्रिमियरमा डेडपुल र वोल्भरिन स्टार कलाकार र्‍यान रेनोल्ड्स, ह्युज ज्याकम्यान, एम्मा कोरिन, मोरेना ब्याकरिन, रोब डेलाने, लेस्ली उग्गाम्स, करण सोनी, म्याथ्यु म्याकफ्याडियन सहित निर्देशक लेभी पनि सँगै देखिएका थिए ।

यो फिल्म जुलाई २६ मा विश्वभर प्रदर्शन हुँदैछ । वर्षकै प्रतीक्षित मानिएको यो हलिउड फिल्म नेपालमा रिलिज हुने वा नहुनेबारे टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?