+
+

यी हुन् सबैभन्दा धेरै श्रमिक विदेश पठाउने २० म्यानपावर

एउटै म्यानपावरले पठायो वर्षमै ७ हजार श्रमिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १७:३५
फाइल फोटो

८ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१मा ७ लाख ४१ हजार नेपालीहरु वैदेशिक रोजगारीमा गए । त्यसमध्ये म्यानपावर एजेन्सीमार्फत नयाँ संस्थागत श्रम स्वीकृति लिएर जानेको संख्या ३ लाख ५३ हजार १६३ रह्यो ।

वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष २३ वटा म्यानपावर कम्पनीहरुले २ हजार जनासम्म श्रमिकहरु वैदेशिक रोजगारीमा पठाए ।

सबैभन्दा बढी श्रमिक पठाउनेको सूचीमा निलकमल ह्युमन रिसोर्स रह्यो, जसले ७ हजार २०८जना श्रमिक वैदेशिक रोजगारीमा पठाएको थियो ।

दोस्रो स्थानमा रहेको एसओएस म्यानपावर ओभसिजले ५ हजार ७४६ जना श्रमिक विदेश पठायो । तेस्रो स्थानको एयर किंग्स प्लेसमेन्ट ४ हजार १४ जना, चौथो स्थानको प्याराडाइज इन्टरनेसनलले ३ हजार ९८५ जना र पाँचौं स्थानको साउन्डलाइन्स रिक्वायरमेन्टले ३ हजार ८३२जना श्रमिक पठाएको थियो ।

छैठौं स्थानको दि रिभर ओभरसिजले ३ हजार ७३४ जना, सातौं स्थानको इन्टरनेसनल म्यानपावर रिक्वयारमेन्टले ३ हजार ५७९ जना र आठौं स्थानको सोपोर्ट ह्युमन रिसोर्सले ३ हजार ५०९ जना श्रमिक विदेश पठाएको थियो ।

नवौं स्थानको एड्भान्स्ड म्यानेजमेन्ट सर्भिसेजले २ हजार ९८६ जना र दशौं स्थानको इम्पावार ह्युमन म्यानेजमेन्ट सर्भिसेज २ हजार ७६९ जना श्रमिक विदेश पठाएको विभागको तथ्यांकमा उल्लेख छ ।

११औं स्थानमा रहेका आकर्षण इन्टरनेसनलले र लिंक इन्टरनेसनल प्लेसमेन्टले पनि समान २ हजार ७०६ जना श्रमिक वैदेशिक रोजगारीमा पठाएको तथ्यांक छ ।

१२औं स्थानको सान नेपालले २ हजार ५६६ जना, १३औं मास ह्युमन रिसोर्सले २ हजार ५१७ जना, १४औं स्थानको एसपीएम ओभरसिजले २ हजार ४७३ जना र १५औं स्थानका अञ्जली ओभररसिजले २ हजार २६५ जना श्रमिक विदेश पठाएको छ ।

१६ औं स्थानको अल स्किल्स इन्टरनेसनल ह्युमन रिर्सोसले २ हजार १७६ जना , १७औं स्थानको जबसिकर म्यानपावरले २ हजार १६५ जना र १८औं स्थानको बेस्ट रिक्रुटमेन्ट सर्भिसले २ हजार १६४ जना श्रमिक पठाएको विभागले जनाएको छ ।

१९औं स्थानको अक्सोर्ड इन्टरनेसनलले २ हजार ४०८ जना र २०औं स्थानको नाइस रिक्रुटमेन्ट एजेन्सीले २ हजार ९८ जना श्रमिक विदेश पठाएको छ ।

ग्रेस ओरभसिजले २ हजार ३१ जना र अलजरा ह्युमन रिसोर्स कन्सल्टेन्सी २ हजार जना श्रमिक विदेश पठाएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?