+
+

करेन्ट लगाएर गैंडा मारेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १८:१६

८ साउन, चितवन। चितवन राष्ट्रिय निकुञ्जले गैंडालाई करेन्ट लगाएर मारेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं. २६ भगडी भन्ने स्थानमा गएराति करेन्ट लगाएर गैंडा मारेको देखिएपछि २ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको निकुञ्ज स्रोतले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम भने निकुञ्जले सार्वजनिक गरेको छैन । उनीहरुले बँदेल मार्नका लागि भन्दै विद्युतीय धराप थापेको र सोही धरापमा गैंडा परेको देखिएको निकुञ्ज स्रोतले जनाएको छ ।

घटनास्थल नजिकै घन, तार र किला(काँटी) भेटिएको छ । सुकेको मकैबारीमा चर्दै आएको अन्दाजी २० वर्षको पोथी गैंडा विद्युतीय धरापमा परेको थियो । गैंडाको मुखबाट रगतसमेत बगेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले गैंडाको पोष्टमार्टम तथा अन्य आवश्यक अनुसन्धान थालिएको बताए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत कालाबञ्जर उपभोक्ता समितिको क्षेत्र नजिकै यो घटना भएको हो ।

मृत पोथी गैंडाको खाग, खुर सुरक्षित छन्। घटनाको अनुसन्धानपछि यसमा गिरोह नै संलग्न छ वा छैन भन्ने थाहा हुने सूचना अधिकारी तिवारीले बताए ।

दुर्लभ वन्यजन्तु गैंडा मारेमा वा यसको अंगको कारोबार गरेमा पाँच वर्षदेखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

यो आर्थिक वर्ष २०८१/०८२ को पहिलो मृत गैंडा हो। गत आर्थिक वर्षमा चितवन निकुञ्जमा २१ वटा गैंडा मरेका थिए। तीमध्ये २ वटा सिकारीले मारेका थिए। एक गैंडाको मृत्यु कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?