+
+

६८ कटेका सडक ‘लेन्थवर्कर’ लाई अनिवार्य अवकाश

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १८:४४

८ साउन, काठमाडौं । सडक डिभिजन बुटवलले अब ६८ वर्ष पूरा भएका सडक ‘लेन्थवर्कर’ सुपरभाइजरलाई अनिवार्य अवकाश दिने भएको छ । हाल कार्यरत यस्ता कर्मचारीमध्ये ६८ वर्ष पूरा भएकाहरूको करार म्याद थप नगर्ने निर्णय भएको कार्यालयका प्रमुख बिसुनदास लामाले जानकारी दिएका छन् ।

उनका अनुसार १ साउनदेखि ६८ वर्ष पूरा भएका लेन्थवर्कर सुपरभाइजरहरूको करार अवधि थप नगर्ने निर्णय सडक डिभिजन बुटवलले गरेको हो ।

सडक लेन्थवर्कर सुपरभाइजरको कामको प्रकृतिका आधारमा यो श्रमसँग सम्बन्धित भएको भन्दै आगामी दिनमा १८ वर्ष पूरा भई ६८ वर्ष ननाघेका व्यक्तिलाई मात्र यस काममा लगाइने समेत कार्यालयले जनाएको छ ।

सडकको नियमित सरसफाइ र सुन्दरता कायम राख्न तथा सडक किनारका अवरोधहरू हटाउन यस्ता कर्मचारी खटिने गर्छन् । कतिपय सडकमा अहिले पनि निकै वृद्ध उमेरका कर्मचारीले यस्तो काम गरिरहेको देखिन्छ ।

कार्यालयले १ साउनमा ६८ वर्ष पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाश दिँदै अहिलेसम्मको योगदानका लागि धन्यवाद समेत ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?