
८ साउन, काठमाडौं । लागु औषध सेवन गरेर कार चलाउँदा कुलेश्वरमा ३ जना पैदलयात्रु घाइते भएका छन् ।
घाइते हुनेहरुमा भारत मोतिहारी घर भइ काठमाडौं डल्लु बस्दै आएका १८ वर्षीय प्रियन्सु कुमार, भारतकै २५ वर्षीय भोला कुमार र १९ वर्षका श्यामबाबु ठाकुर छन् ।
उनीहरुलाई उद्दार गरी बल्खुस्थित बयोधा अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
दुर्घटना गराएको आरोपमा बा ११ च ५९१६ नम्बरको कारका चालक भुपेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटना सोमबार राति ९ बजेको हो । कालिमाटीबाट कुलेश्वरतर्फ जाँदै गरेको श्रेष्ठले चलाएको कारले तीन पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि घटनास्थल पुगेको प्रहरीले नाइट्राभेट लेखिएको लागु औषधको पत्ता समेत कारभित्रबाट बरामद गरकेो थियो ।
एक पत्ता नाइट्राभेटमा अरु खाएर ३ चक्की बाँकी रहेको अवस्थमा बरामद गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य जाँच गर्दा समेत उनले लागु औषध सेवन गरेको खुलेको एसपी अधिकारीले बताए ।
पक्राउ परेको श्रेष्ठलाई प्रहरी वृत्त कालिमाटीबाट सवारी अंगभंगको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया 4