+
+

पेट्रोलियम र ग्याँस आपूर्तिमा समस्या भए गुनासो टिपाउन निगमको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १३:१६

८ साउन, काठमाडौं । पेट्रोलियम र ग्याँस आपूर्तिमा समस्या भए अब नेपाल आयल निगमलाई सिधै गुनासो टिपाउन पाइने भएको छ ।

निगमले मंगलबार एक सूचना प्रकाशित गर्दै वेबसाइट र टेलिफोनमार्फत सिधै सम्पर्क गर्न उपभोक्तालाई भनेको छ ।

निगमले आम उपभोक्तालाई सर्वसुलभ पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको आपूर्ति गरिरहेको भन्दै निगमले आपूर्तिमा कुनै समस्या भए सिधा सम्पर्क गर्न भनेको छ ।

निगमको टेलिफोन ०१–५३६४९७१ मा सम्पर्क गरेर सोझै गुनासो टिपाउन सकिने प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । निगमको पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणमा एकाधिकार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?