+
+

द्वन्द्वकालीन मुद्दामा ७० प्रतिशतसम्म घटी सजाय

सहमतिनजिक तीन दलीय कार्यदल

कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा रहेको कार्यदलले बुधबारसम्म सबै विषय टुंगो लगाएर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते २०:३०
नेताहरु रमेश लेखक, जनार्दन शर्मा र महेश बर्तौला ।

८ साउन, काठमाडौं । सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नहरुलाई प्रचलित कानुनमा भए भन्दा ७५ प्रतिशतसम्म कम सजाय गर्नसक्ने व्यवस्था गर्न प्रमुख तीन दल सहमत देखिएका छन् ।

नेताहरुका अनुसार बाँकी विषयमा बुधबार सहमति खोजेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन छ । समितिले अधिकांश विषय टुंगो लगाएर चार वटा विषयमा शीर्ष सहमति खोजेको थियो ।

पटक पटक भएको छलफल सहमति नजिक पुगेको बताए पनि अहिलेसम्म विधेयक अघि बढ्न सकेको छैन ।

पछिल्लो पटक १३ असारमा तीन दलका शीर्ष नेताहरुले विवादित विषयमा सहमति खोज्न तीन नेतालाई जिम्मा दिएका थिए । कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा रहेको कार्यदलले बुधबारसम्म सबै विषय टुंगो लगाएर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा मुद्दा चल्छ तर यस्ता मुद्दामा संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार प्रचलित कानुन बमोजिमको सजायमा घटी सजाय गर्ने विधेयकमा उल्लेख छ ।

मंगलबार बालुवाटारमा बसेको बैठकमा घटी सजायसम्बन्धी व्यवस्थामा नेताहरु सहमति नजिक पुगेका छन् ।

प्रस्तावित विधेयकअनुसार मानवअधिकार उल्लंघनका घटनामा पीडितको स्वतन्त्र सहमतिमा मेलमिलाप गर्न सकिन्छ, तर मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा मुद्दा चल्छ । त्यसरी जाने मुद्दामा संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार प्रचलित कानुन बमोजिमको सजायमा घटी सजाय गर्ने विधेयकमा उल्लेख छ ।

यसका लागि घटनाको सत्य उजागर गरी सत्य तथ्य विवरण आयोग वा अदालतसामू राखेको, न्यायिक प्रक्रियामा सहयोग गरेको, घटनाप्रति पश्चाताप गर्नुका साथै पीडितसँग क्षमायाचना गरेको हुनुपर्ने जस्ता शर्तहरु राखिएका छन् ।

यस आधारमा महान्याधिवक्ताले घटी सजायको मागदाबी गरेर मुद्दा लैजान सक्ने व्यवस्था विधेयकमा छ । तर घटी सजाय कति भन्नेमा दलहरुबीच सहमति हुन सकेको थिएन । सत्ता पक्षका मुख्य सचेतकसमेत रहेका महेश बर्तौलाले भने, ‘घटी सजायमा करिब–करिब ७० प्रतिशतमा सहमति नजिक पुगेका छौं ।’

स्रोतका अनुसार सुरक्षाकर्मीका मृतक परिवारलाई थप ७ लाख रुपैयाँ परिपूरण दिने लगभग सहमति भएको छ । उनीहरुले यसअघि ३ लाख मात्र पाएका थिए, जबकी सशस्त्र द्वन्द्वका अरु पीडितले १० लाख रुपैयाँ पाएका थिए ।

अर्थात मानौं, प्रचलित कानुनमा २० वर्षसम्म कैद सजाय तोकिएको विषयमा संक्रणकालीन न्यायमा घटी सजाय दाबी गर्दा ६ वर्षभन्दा कम गर्न पाइने छैन ।

अर्को विवादित विषय मानवअधिकारको गम्भीर उल्लंघनको परिभाषामा पनि सहमति नजिक पुगेका छन् । स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बिटरी) गरिएको हत्या वा दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कसलाई समावेश गर्ने भन्ने विवाद थियो । कार्यदलका एक सदस्य भन्छन्, ‘फाइनल त भइसकेको छैन, तर आर्बिटरी किलिङमा हामी सहमति नजिक पुगेका छौं ।’

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका कार्यदलका सदस्य जनार्दन शर्माका अनुसार सुरक्षाकर्मीका मृतक परिवारलाई राहत दिने विषय पनि टुंगिएको छ ।

स्रोतका अनुसार सुरक्षाकर्मीका मृतक परिवारलाई थप ७ लाख रुपैयाँ परिपूरण दिने लगभग सहमति भएको छ । उनीहरुले यसअघि ३ लाख मात्र पाएका थिए, जबकी सशस्त्र द्वन्द्वका अरु पीडितले १० लाख रुपैयाँ पाएका थिए । अब सबैलाई समान १० लाख दिने र पहिले दिएको ३ लाख कटाएर ७ लाख दिने सहमति छ ।

अब मानवअधिकार उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र अन्तिमले अयोग्य प्रमाणित गरेका १८ वर्षभन्दा कम उमेरका लडाकूहरुलाई गर्ने सम्बोधन र राहतको विषय टुंगो लाग्न बाँकी छ ।

मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिलेसम्म भएको प्रगतिबारे चासो राखेका थिए । साथै पीडितलाई केन्द्रमा राखेर संक्रमणकालीन न्यायको विषय टुंग्याउने सरकारको प्राथमिकता रहेको बताएका थिए ।

प्रधानमन्त्रीले पनि आफूहरुको ध्यानाकर्षण गराएको भन्दै सत्ता पक्षका मुख्य सचेतक बर्तौलाले भने, बुधबार फेरि हाम्रो बैठक बस्छ । त्यसपछि पर्सिसम्म निकासका लागि निष्कर्षहरु शीर्ष नेताहरुलाई उपलब्ध गराउने छौं ।’

कार्यदलका अर्का सदस्य शर्माले पनि सम्भवत बुधबारको बैठकमा सहमति हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?