+

श्रीलंका विरुद्ध बदला लिँदै किर्गिस्तानले जित्यो उपाधि

२०८१ साउन  ९ गते ०:४८ २०८१ साउन ९ गते ०:४८
श्रीलंका विरुद्ध बदला लिँदै किर्गिस्तानले जित्यो उपाधि

८ साउन, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको किर्गिस्तानले जितेको छ ।

माले सिटीस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार भएको फाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै किर्गिस्तान च्याम्पियन बनेको हो ।

यसअघि समूह चरणमा पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा किर्गिस्तान श्रीलंकासँग ३-२ ले पराजित भएको थियो । कप्तान रोजाको प्रेरणादायी प्रदर्शनमा किर्गिस्तानले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै लिग चरणको हारको बदला समेत लियो । लिग चरणमा श्रीलंकाले अपराजित रहँदै तीनवटै खेल जितेको थियो भने किर्गिस्तानले दुई खेल जितेको थियो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा श्रीलंकाले टक्कर दिएपनि किर्गिस्तानले २८-२६ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । त्यसपछि किर्गिस्तानमा खेलमा हावी बन्यो र लगातार तीन सेट नै जित्यो । किर्गिस्तानले दोस्रो सेट २५- १७ र तेस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पार्‍यो ।

किर्गिस्तानलाई च्याम्पियन बनाउन कप्तानी र स्पाइक दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी रोजा च्याम्पियनसिपको मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित भइन् ।

मंगलबारै भएको खेलमा घरेलु टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएर नेपाल तेस्रो भयो । लिग चरणमा नेपाल श्रीलंका र किर्गिस्तान भन्दा पछि रहँदै तेस्रो स्थानमा थियो । सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित भएपछि उपाधि जित्ने सम्भावना सकिएको थियो ।

 

काभा यू-२० महिला भलिबल च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय