+
+

अमेरिकी डलर हालसम्मकै उच्च, यस्तो छ रियाल, रिंगिट दिराम भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते ८:४१

९ साउन, काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ २१ पैसा तोकेको छ । यसअघि आइतबार १३४ रुपैयाँ १७ पैसा उच्च मूल्य तय भएको थियो । त्यस्तै एक अमेरिकी डलरको खरिददर मूल्य १३३ रुपैयाँ ६१ पैसा छ ।

साउदी एक रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७८ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६२ पैसा छ । कतारी एक रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८० पैसा तथा खरिददर ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ६३ पैसा र खरिददर मूल्य २८ रुपैयाँ ६० पैसा छ । यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ५४ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ३८ पैसा छ ।

एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९७ रुपैयाँ ५६ पैसा छ भने अस्ट्रेलियन डलरको ८८ रुपैयाँ ९१ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?