+

पेरिस पारालिम्पिक : नेपाली पारा तेक्वान्दो खेलाडीले बेलायतमा प्रशिक्षण गर्ने

२०८१ साउन  ९ गते ८:५६ २०८१ साउन ९ गते ८:५६
पेरिस पारालिम्पिक : नेपाली पारा तेक्वान्दो खेलाडीले बेलायतमा प्रशिक्षण गर्ने

९ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने पारालिम्पिक २०२४ मा सहभागी हुने नेपाली पारा तेक्वान्दो खेलाडीले बेलायतमा वैदेशिक प्रशिक्षणका लागि जाने भएका छन् ।

पेरिस पारालिम्पिकमा भाग लिने नेपालका दुई खेलाडीले बेलायतको म्यानचेस्टर सहरमा प्रशिक्षण गर्नेछन् ।

पेरिस पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दोमा पलेशा गोवर्धन र भरतसिंह महताले प्रतिस्पर्धा गर्दैछन्  । नेपाली टिमको प्रशिक्षकमा कविराज नेगी लामा र टिम व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।

नेपाली खेलाडी बेलायतको म्यानचेस्टर सहरमा अवस्थित ग्रेट ब्रिटेन तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा जुलाई २५ देखि अगस्ट २३ सम्म पारालम्पिक प्रिपेरेसन क्याम्पमा सहभागी हुनेछन् । वैदेशिक प्रशिक्षणका लागि नेपाली पारा तेक्वान्दो टोली बुधबार त्यसतर्फ लाग्नेछ ।

वैदेशिक प्रशिक्षणपछि पेरिस पारालिम्पिकका लागि नेपाली पारा तेक्वान्दो टोली अगस्ट २३ म्यानचेस्टरबाट फ्रान्स जाने तालिका छ ।

नेपालबाट के–४४ विधाको महिला ५७ केजीमुनि पलेशाको अगस्ट ३० मा हुनेछ । यस्तै पुरुष ५८ केजीमुनि तौल समूह भरतसिंहको अगस्ट २९ अगस्टमा खेल्नेछन्।

पलेशा गोवर्धन पेरिस पारालिम्पिक भरतसिंह महता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय