+

श्यान्टु र मनिताले पेरिस ओलम्पिकमा नेपालको झण्डा बोक्ने

२०८१ साउन  ९ गते ९:०४ २०८१ साउन ९ गते ९:०४
श्यान्टु र मनिताले पेरिस ओलम्पिकमा नेपालको झण्डा बोक्ने

९ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालीन ओलम्पिकमा नेपालको झण्डा श्यान्टु श्रेष्ठ र मनिता प्रधान श्रेष्ठले बोक्ने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीले एनओसीले मंगलबार विज्ञप्ति जारी गर्दै टेबलटेनिस खेलाडी श्यान्टु र जुडो खेलाडी मनिताले पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नका लागि छनोट भएको जनाएको छ ।

श्यान्टु नेपालमै आयोजना भएको दक्षिण एसियाली छनोट चरणमा स्वर्ण जित्दै पेरिस ओलम्पिकका लागि छनोट भएका हुन् । यस्तै मनिता एसियाली कोटाबाट ओलम्पिकमा छनोट भएकी हुन् । मनिताले पछिल्लो दुई वर्षदेखि ओलम्पिक छात्रवृत्तिमा प्रशिषण गरिरहेकी थिइन् ।

अष्ट्रेलिया बस्दै आएका श्यान्टु उतैबाट पेरिस गएका छन् भने मनितासहित अन्य नेपाली खेलाडीबाट काठमाडौँबाट पेरिस पुगिसकेका छन् । एथ्लेटिक्सतर्फ महिला म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुने भएकोले खेलाडी सन्तोषी र अफिसिलयहरु भने जुलाई ३० मा मात्र पेरिस प्रस्थान गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

पेरिस ओलम्पिकमा नेपालबाट श्यान्टु र मनितासहित विभिन्न ६ खेलका ७ खेलाडी सहभागि हुँदैछन् । अन्य खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन् ।

नेपाल ओलम्पिक कमिटीका अनुसार पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीसहित २७ सदस्यीय टोली सहभागी हुँदैछन् ।

गृष्मकालीन पेरिस ओलम्पिक मनिता प्रधान श्रेष्ठ श्यान्टु श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय