+
+

लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन, सबै मन्त्री विना विभागीय

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १०:०९

९ साउन, बुटवल । लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका र कांग्रेसका चार/चार जना मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद गठन गरेका हुन् । मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । साना दलहरुलाई पनि समेट्ने प्रयास भइरहेकाले केही दिनपछि मात्र जिम्मेवारी तोकिने स्रोतले बतायो ।

नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

एमाले दलका उपनेता समेत रहेका आचार्यले शपथ लिएकै दिन दलका नेता लीला गिरीले भने पदबाट राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?