+
+

११ सय बढ्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १०:४०

९ साउन, काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

बुधबार सुनसँगै चाँदी पनि महँगिएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?