+
+

यस्तो छ सौर्य एयरको जहाज दुर्घटनास्थल

आर्यन धिमाल आर्यन धिमाल
२०८१ साउन ९ गते १२:१५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । दुर्घटनास्थलबाट क्याप्टेनलाई उद्धार गरी अस्पताल लगिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य छन् ।

९ एन–एएमई सीआरजे २०० विमान भुईँमा खसेलगत्तै आगो लागेको थियो । आकाशमा धुवाँको मुस्लो उडेको थियो । नेपाल आर्मी र अग्नि नियन्त्रकको टोलीले आगो निभाएर उद्धारको काम जारी राखेका छन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?