+
+

विमान दुर्घटनास्थल निरीक्षणमा पुगे प्रधानमन्त्री ओली

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ साउन ९ गते १३:४८

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगेका छन् ।

उद्दारको काम सकिएपछि दुर्घटनास्थल निरीक्षणका लागि ओली पुगेका हुन् ।

यसअघि गृहमन्त्री रमेश लेखक पनि निरीक्षणका लागि विमानस्थल पुगेका थिए ।

बिहान ११ः११ मा काठमाडौंबाट इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो ।

विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घाइते भएका पाइलटको उपचार भइरहेको छ । विमानमा सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी रहेको बताइएको छ ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?