+
+

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १३:५३

९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्ने भएको छ ।

अधिक तरलता भएपछि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

८ साउनसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा रहेको स्रोतमध्ये ३ खर्ब ६५ अर्ब तरलता खिचेको छ । बिहीबार थप ४० अर्ब तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल हुने भएको हो ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको फागुनदेखि तरलता व्यवस्थान गर्दै ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनको लागि स्थायी निक्षेप सुविधा सुरु गरेको थियो । त्यसपछि पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिचिरहेको छ ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । २१ दिनका लागि निष्कासन हुने उक्त उपकरणको सावाँ तथा ब्याज भुक्तानी ३० साउनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?