+
+

यस्तो छ क्राइम-थ्रिलर फिल्म ‘देवी’मा नाजिर र गौरवको लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १४:११

काठमाडौं । क्राइम-थ्रिलर फिल्म ‘देवी’ भदौ २१ मा रिलिज तयारीमा छ । नाजिर हुसेन, गौरव पहारी र शिल्पा मास्केको मुख्य भूमिका रहेको यो फिल्मले यौन हिंसाविरुद्धको कथा भन्छ ।

यसअघि फिल्मकी मुख्य कलाकारको रुपमा शिल्पाको क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको छ । निर्माताले बुधबार थप दुई कलाकार नाजिर हुसेन र गौरव पहारीको क्यारेक्टर सार्वजनिक गरेका छन् ।

फिल्मलाई सञ्जोग राईले निर्देशन गरेका हुन् । शिल्पाले पछिल्लो समयका बलात्कार घटना र यौन हिंसाविरुद्ध महिलाले गर्ने संघर्षको कथा यसमा समेटिएको छ ।

‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्मले प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँग सहकार्य गरेको छ । यो फिल्म उक्त मितिमा नेपालसहित विश्वव्यापी रिलिज हुने जनाइएको छ ।

निर्देशक राईले यो फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । आफूले व्यावसायिक भन्दा इमान्दार फिल्ममेकरको रुपमा यो फिल्म बनाएको बताएका छन् ।

फिल्ममा शिल्पाले पत्रकारको भूमिकामा अभिनय गरेकी छन् । गौरवले अपराध अनुसन्धानमा काम गर्ने प्रहरी र नाजिरले संस्था सञ्चालकको रोलमा अभिनय गरेका छन् । फिल्ममा पाका अभिनेता टीका पहारीको पनि अभिनय छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता जावेद खान तथा सहनिर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?