+

पेरिस ओलम्पिकमा पुरुष फुटबल आजदेखि

२०८१ साउन  ९ गते १७:१३ २०८१ साउन ९ गते १७:१३
पेरिस ओलम्पिकमा पुरुष फुटबल आजदेखि

९ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष तथा महिला फुटबलका खेलहरु बुधबार सुरु हुँदैछ ।

पहिलो खेलमा पुरुषतर्फ समूह बीका अर्जेन्टिना र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै समूह सीका उज्वेकिस्तान र स्पेनबीच खेल हुनेछ ।

यस प्रतियोगितामा १६ वटा टिमलाई ४ वटा समूहमा बाँडिएको छ । पुरुषतर्फ समूह ए मा फ्रान्स, गुएना, न्युजिल्यान्ड र अमेरिका छन् । समूह बी मा अर्जेन्टिना, इराक, मोरक्को र युक्रेन छन् । समूह सी मा डोमिनिकन रिपब्लिक, इजिप्ट, स्पेन र उज्वेकिस्तान र समूह डी मा इजरायल, जापान, माली र पाराग्वे छन् ।

पुरुष तर्फको प्रतियोगितामा २३ वर्षमुनिका टिम सहभागी हुनेछ । जसमा अधिकतम ३ जना मात्र सिनियर खेलाडी टिममा राख्न अनुमति दिइएको छ । एक टिममा जम्मा १८ जना खेलाडी राख्न पाइने प्रावधान रहेको छ ।

४ टिमबाट प्रत्येक टिमका शीर्ष २ टिम क्वार्टरफाइनल पुग्नेछन् । त्यसपछि ती आठ टिमबाट विजेता ४ टिम सेमिफाइनल र सेमिफाइनलका विजेता २ टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा हारेका २ टिमले भने तेस्रो स्थानका लागि खेल्नेछन् ।

दाबेदार को ?

यस प्रतियोगिताका लागि उदयीमान खेलाडी र केही अनुभवी खेलाडीलाई मिसाइ घरेलु टिम फ्रान्स पेरिस ओलम्पिकको प्रबल दाबेदार टिम हो । थियरी हेनरीको प्रशिक्षणमा रहेको फ्रान्सको टिम देशका लागि दोस्रो ओलम्पिक स्वर्ण जित्न चाहन्छ । फ्रान्सले पहिलो पटक सन् १९८४ मा लस एन्जल्समा भएको ओलम्पिकमा स्वर्ण जितेको थियो ।

दुई पटक ओलम्पिकमा स्वर्ण जितेको टिम अर्जेन्टिना पनि यस पटकको उपाधी दाबेदार टिम हो । यस टिममा म्यानचेस्टर सिटीका फर्वाड जुलियन अल्भारेज र मेजर लिग सकर (एमएलएस) का मिडफिल्डर थियागो अल्माडा पनि सम्मिलित छन् ।

यस प्रतियोगितामा स्पेन पनि एक उत्कृष्ट टिम हो । जसले युरो २०२४ मा खेलेका फर्मिन लोपेन्ज र एलेक्स बेनालाई समेटेर ओलम्पिक खेल्ने टिम बनाएको छ ।

पेरिस अ‍ोलम्पिकमा फ्रान्सका माइकल ओलिस र एलेक्जेन्डर लाकाजेट, अर्जेन्टिनाका निकोलस ओटामेन्डी र गिनीका नबी किता प्रभावशाली खेलाडी रहेका छन् ।

कुन खेल कहिले ?

समह चरणका खेलहरु : जुलाई २४ देखि ३० सम्म (साउन ९ देखि १५ सम्म)
क्वार्टरफाइनल : अगष्ट २ (साउन १८)
सेमिफाइनल : अगष्ट ५ (साउन २१)
कास्य पदकका लागि हुने खेल खेल : अगष्ट ८ (साउन २४
फाइनल : अगष्ट ९ (साउन २५)

ओलम्पिकका लागि फुटबल खेल फ्रान्सका ७ वटा स्टेडियममा हुनेछन् ।

हालसम्म ओलम्पिकको पुरुष फुटबलमा हंगेरी र ग्रेट ब्रिटेनले ३ पटक सम्म ओलम्पिकमा स्वर्ण पदक जितेका छन् ।

त्यस्तै, ब्राजिल, अर्जेन्टिना, सोभियत युनियन, र उरुग्वेले समान २/२ पटक ओलम्पिकमा स्वर्ण जितेका छन् ।

हालसम्ममा २०१६ र २०२० मा लगातार स्वर्ण पदक जितेको ब्राजिल यस पटक प्रतियोगितामा छनोट पनि हुन सकेन । २००४ यता ब्राजिल पहिलो पटक ओलम्पिकमा छनोट नभएको हो ।

पेरिस ओलम्पिकको उद्घाटन भने साउन ११ गते शुक्रबार हुनेछ ।

पेरिस ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय